Logo

भारतमा घुस खुवाउन नेपालबाट सुन तस्करी



काठमाडौँ, २२ बैसाख । नेपालमा दुबई, बैंकक र चीनबाट तस्करी भई आउने सुन भारतीय बजारमा खपत हुने गरेको छ । नेपालमा तस्करीका माध्यमबाट आउने क्वीन्टलका क्वीन्टल सुन भारतमा जाने गर्दछ । नेपाली तस्करले भारतीय बजारमा सुन पुर्याउने गर्दछन् । नेपाली भूमी र त्रिभुवन विमानस्थल सुन तस्करका लागि स्वर्ग जस्तै बनेको छ । तर, चुडामणि उप्रेती उर्फ गोरेको समूहले दबईबाट ल्याएको साढे ३३ केजी सुन एयरपार्ट हराएपछि सुन काण्डको पर्दाफास भएको हो । साढे ३३ केजी सुन प्रकरणमा सानु वनले आतमहत्या गरे भने सनम शाक्यको हत्या भएको छ । पूर्व तथा बहालवाला प्रहरी अधिकारीसहित ६३ जना बिरुद्ध मुद्ध चलेको छ ।
घुसका लागि सुनको प्रयोग
भरतमा घुसका लागि सुनको प्रयोग हुने गरेको छ । मोदी सरकारले नोटबन्दी लागु गरेपछि भारतमा घुसका लागि सुनको प्रयोग झन बढेको हो । नेपालमा सबैभन्दा बढी दुबईबाट तस्करी भई सुन आउने गर्दछ । यसैगरी थाइल्याण्डको बैंककबाट पनि हवाई मार्गबाट सुन नेपाल भित्रने गरेको छ । चीनबाट भने नेपालमा स्थल मार्ग हुँदै सुन आउने गरेको छ । नेपालको केरुङ नाकाबाट नेपाल सुन आउने गरेको छ ।
नेपालमा हुने सुन तस्करीमा सबैभन्दा बढी भारतीय नागरिकको लगानी हुने गर्दछ । भारतका ठूला व्यपारीले सुन तस्करीमा लगानी गर्ने गरेका छन् । उनीहरुले घुसको रुपमा सुन दिँदा पैसा भन्दा बिसदेखि पच्चिस प्रतिशत कम मूल्य बराबरको सुन दिए हुने नेपाल प्रहरी एक पूर्व एआईजीले बताए । नगदमा घुस दिँदा जोखिम धेरै हुने भएकाले सुनमा घुस लिने गरिएको हो । करोडौँ करोडको घुस त्यहि सुनबाट हुने गरेको छ ।
नेपालीको दश प्रतिशत मात्र लगानी
नेपाली व्यपारी र केरियरले सुन तस्करीमा दश प्रतिशत मात्र लगानी गर्ने गरेका छन् । सुन लिएर नभागुन् भनेर दश प्रतिशत नेपाली व्यपारीलाई भारतीयले लगानी गर्न लगाउने गरेको ति पूर्व एआईजीले जानकारी दिए । अधिकांश नेपाली भारतीयको सुन कारोवारमा केरियरको काम गर्ने गर्दछन् ।
नेपाली बजारमा मिसावट
नेपाली बजारमा गहनामा प्रयोग हुने अधिकांश सुनमा दश प्रतिशत मिसावट हुने गरेको छ । एक केजी सुनमा दश प्रतिशत क्याटेमेनिया नामको धातु मिसाएर नेपाली बजारमा सुन पठाइने गरेको बताइएको छ । सुन मिसावटबाट नेपाली सुन कारोवारीलाई राम्रो पाइदा हुने गरेको बताइएको छ । तर, भारतीय बजारमा जाने सुनमा भने मिसावट नहुने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्