Logo

सूपर जोनमा अतिथिलाई धानको व्याज



झापा, ३० बैसाख । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कचनकवल गाउँ कमिटीको आज भएको विशेष भेलामा अतिथिलाई धानको बालाबाट तयार भएको व्याज लगाइएको छ । धान सूपर जोन बनियानीमा गाउँ कमिटीको बिशेष भेलाले धानको महत्व जनाउन धानको बालाबाट बनाइएको व्याज लगाई दिएको हो ।
कार्यक्रममा अतिथिले धानको बालाबाट बनेको व्याजको मात्र चर्चा र प्रसंसा गरेनन् धान सूपर जो कार्यक्रमलाई विशेष महत्व दिन कचनकवल गाउँपालिकालाई आग्रह गर्ने प्रस्तावसमेत पारित गरेको छ । गाउँपालिकाले सूपर जोन महत्व नदिएको भन्दै आलोचना गरेको छ । सूपर जोन कार्यालयको एक किमी भित्र पाँच पाँच वटा इटाभट्टा खोल्ने अनुमति दिएर धान सूपर जोनलाई गाउँपालिकाले महत्व नदिएको भन्दै सहभागि वक्ताले आलोचना गरेका थिए । इटाभट्टाबाट उत्पन्न हुने प्रदुषणलाई नियन्त्रण गर्न गाउँ पालिकालाई भेलाले आग्रह गरेको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ३ नम्बर क्षेत्रका इन्चार्ज डिल्ली घिमिरे हिकमत, भद्रपुर नगर अध्यक्ष नरेश संजेल, दल्दिबारी गाउँ कमिटी अध्यक्ष टिका पोखरेल, दयाराम दाहाल, एनपी बनेम लगायतले भेला सफलताको शुभकामना व्यक्त गरेका थिए । भेलाले बुद्धि नेपालको अध्यक्षता ४५ सदस्यीय कचनकवल गायँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष हरि बस्नेत, सचीव किरण लिम्बु, सहसचीव नारायण सिंह राजवंशी र कोषअध्यक्ष इस्वरीमायाँ गाइने सर्वसम्मत चयन भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्