Logo

दास ढुङ्गा दुर्घटनाका दिन किन भयो पार्टी एकता ?



नेकपा एमाले र नेकपा माओवादी बिच आज पार्टी एकता घोषणा हुँदैछ । निकै लामो छलफल र बहस पछि पार्टी एकता घोषणाको तयारी भएको हो । पटक पटक पार्टी एकता भङ्ग होला कि भन्ने संसयका बिच एकता अन्तिम टुङ्गो लागे हो ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिव, माक्र्स दुई सत्वार्षिकी जस्ता कम्युनिष्ट आन्दोलनका महत्वपूर्ण दिनमा पार्टी एकता सम्भव भएन । तर, एमालेका तत्कालिन महासचिव मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गामा भएको सहस्यमय जीप दुर्घटनाका दिन पार्टी एकता हुँदैछ ।
२५ वर्ष अघि भएको त्यो दुर्घट्ना नेपालको इतिहासमा रहस्यमय र विवादस्पद हुँदै आएको छ । एमालेले त्यो घट्नालाई सहस्यमय हत्या भन्दै आएपनि अहिलेसम्म त्यसका हत्यारा को हुन् भन्ने खुलेको छैन । तत्कालिन अवस्थामा हत्यामा कांग्रेसको पनि संलग्नता रहेको आरोप एमालेबाट लागेको थियो । त्यसबेला अनेक टिका टिप्पणी भए । धेरैले मथिङ्गल घुमाए । सरकारले गठन गरेको छानविन आयोगले दुर्घटना हो भन्यो । एमाले र नागरिक तहबाट गठन भएको छानविन आयोगले हत्यो भन्यो । तर, हत्यारा को हुन् भन्ने किटान गर्न सकेन । एमाले पटक पटक सत्तामा पुगेपनि हत्यारा पत्ता लाग्न सकेको छैन ।


हत्या वा दुर्घटना जे भएपनि नेपालको इतिहासमा मदन भण्डारी र जीवराज आश्रितको जीप दुर्घटना र त्यसबाट उत्पन्न परिस्थति एक अध्याय बनेको छ । त्यसमा पनि नेपालको कम्युनिष्ट आन्दोलनमा त्यो घटनाको अध्ययन नगरी हुँदैन ।
नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको चमत्कारिक व्यक्तित्व र प्रभाव राष्ट्रिय मात्र अन्तर्राष्ट्रिय रुपमा पनि चर्चाको बिषय बनेको थियो । सोभियत मोडलको समाजवादी व्यवस्था बिघटन हुँदा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा ठूलो संकट छाएको थियो । संसार भरका पुँजिवादीले माक्र्सवादको औचित्य समाप्त भयो भने । दुनियाँका धेरै कम्युनिष्ट पार्टीले माक्र्सवादलाई मार्गदर्शन सिद्धान्त परित्याग गरे । यस्तो संकटपूर्ण अवस्थामा मदन भण्डारीको चमत्कारिक व्यक्तित्वले नेपालमा कम्यसनिष्ट पार्टी सशक्त प्रतिपक्ष स्थापित भयो । यो संसारका लागि चामत्कारिक घटना थियो । त्यस बेला नेपालले सन्देश दिएको थियो(माक्र्सवाद मरेको छैन ।


नेपालका कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको पुर्याएको योगदानको आफ्नै महत्व छ । उनले पार्टी महाधिवेशन प्रस्तुत गरेको विचार जनताको बहुदलिय जनवाद संकट मोचनको कार्यनीति हो कि सिद्धान्त हो भन्ने बिषय बहसको बिषय बन्दै आएको छ । एमालेमै जबज सिद्धान्त होइन भन्ने बलियो मत छ । यद्धपी एमालेमा भण्डारीको योगदान र प्रभाव अहिलेसम्म कायम छ । भण्डारीलाई अस्वीकार गरेर एमालेमा कोहिपनि नेता बन्नसक्ने अवस्था छैन ।
एमाले र माओवादी बिच पार्टी एकता हुँदै गर्दा तत्काल एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबैजना पार्टी अध्यक्ष हुँदैछन् । एक अर्काको पंक्तिबाट स्वीकार्य हुन पनि अब एमाले-माओवादीले मनाउँदै आएका कतिपय महत्वपूर्ण दिनलाई एक अर्काले स्वीकार्नु पर्ने हुन्छ । त्यस मध्ये मदन आश्रित-स्मृति पनि हो ।
पर्टी एकतापनि दुई अध्यक्ष हुने भनिएपनि ओली प्रधानमन्त्रीसमेत रहेकाले पार्टीको मुख्य भूमिकामा वा सक्रियता प्रचण्डको नै होलान् । यस्तो अवस्थामा एमाले कार्यकर्ताको विश्वास जित्नु प्रचण्डका लागि अनिवार्य हुन्छ । एमाले कार्यकर्ताको विश्वास नजिति नयाँ पार्टीको नेता बनिरहन प्रचण्डलाई गाह्रो हुन्छ । यसर्थ मदन-आश्रितको स्मृत दिवसका दिन पार्टी एकता गर्दा प्रचण्डको नयाँ पार्टीमा लोकप्रियता बढ्ने निश्चित छ । प्रचण्डले यसलाई सहजै स्वीकार गरेर एमाले कार्यकर्ताको मन जित्ने राम्रो अवसर बनाए ।
प्रचण्ड एक चतुर नेतापनि हुन् । उनलाई कुनै बिषयमा यू टर्न हुन कुनै समय लाग्दैन । कुन समयमा कसरी चल्ने भन्ने राम्ररी बुझेका छन् । एकीकृत पार्टीमा मदन भण्डारी पूर्ण सम्मान भएन भने एमाले पंतिको समर्थन पाउन कठिन हुन्छ । एकीकृत पार्टीमा प्रचण्डले माओवादी समूहका आधारमा पार्टी संचालन नगर्ने कुराको संकेत पनि हो ।

प्रतिक्रिया दिनुहोस्