Logo

बिर्तामोड न्यायिक समितिमा पत्नि पिडित पतिको उजुरी बढ्दै



झापा, १० असार । झापा बिर्तामोड ७ का ४० वर्षिय बिभिराज लिम्बुले केहि वर्ष अघि जग्गा किने र श्रीमतीको नाममा पास गरे । उनलाई श्रीमतीको यति बिस्वास थियोकी बिदेश गएर सात आठ बर्ष दुख गरी कमाएको पैसा पनि खुरु खुरु श्रीमतीकै नाममा पठाए । कतारमा कमाएर पठाएको पैसाले अब फर्किए पछि मजाले व्यवसाय गरी बस्ने बिभिराज केहि महिना अघि जब घर फर्किए उनि छाँगाबाट झरेजस्तै भए । यतिका वर्ष दुख गरेर कमाएको सबै सम्पती र पैसा लिएर श्रीमतीनै अर्कै सँग हिडेपछि अहिले न्याय खोज्दै बिभिराज बिर्तामोड नगरपालिकाको न्यायिक समितिको ढोका ढकढक्याउन पुगेका छन् ।
‘बिदेश बसेर कमाए, सबै पैसा र संपती पनि श्रीमतीकै नाममा राखे तर छोरीको बिहे गर्ने बेलामा आमानै अकै सँग गएपछि मत बिजोक भए’ बिभिराजले गुनासो पोखे । अहिले आफ्नो नाममा केहि पनि संपती नभएपछि उनलाई छोरीको लालनपालन, शिक्षा र त्यस पछि कसरी बिहेगरेर पठाउने चिन्ता छ ।
बिभिराज त एक प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय वैदेशिक रोजगारसँग संबन्धित यस्ता घटनाहरु झापामा बढ्दै गएको न्यायिक समितिको तथ्याङ्कले देखाएको छ । ‘पहिले महिलाको समस्या धेरै आउला भन्ने सोचेका थियो, अहिले बैदेशिक रोजगारीमा गएर श्रीमती सहित सम्पती गुमाएका पुरुषको उजुरी धेरै आउने गरेको छ ।’ न्यायिक समितिकी संयोजक तथा उपमेयर पवित्रा देवि महतारा प्रसाइ बताउछिन् । बैदेशिक रोजगारीबाट सुरु भएको समस्या पनि धेरै छन्, उनले भनिन्– त्यस पछि छर–छिमेकीको झगडा, आर्थिक लेनदेन, जग्गा विवाद, श्रीमानले हाल्ने सम्बन्ध विछेद आदि जस्ता मुद्दाहरु पछिल्लो समय बढि आउने गरेको छ । त्यस्ता मुद्धा स्थानीय सरकार सञ्चालन ऐन दफा ४६ अन्तर्गत न्यायिक समिति रहने र सो समितिमा बसि मुद्दाको फैसला गर्नुपर्ने व्यवस्था रहेको अधिकृत टीका लामिछानेले जानकारी दिइन् ।
नगरपालिकाको न्यायिक समितिमा गतवर्ष साउनबाट मुद्दा हेर्न थालिएको हो । अहिलेसम्म जम्मा ९५ वटा मुद्दा दर्ता भएको उनको भनाई छ । त्यसमध्ये ३० वटा मुद्दा मिलापत्र भइसकेका छन् भने ४० मुद्दा प्रक्रियामानै रहेका छन् । न्यायिक समिति अन्तर्गत १३ किसिमका मुद्दा आफुहरुले नै निरुपण गर्न मिल्ने र ११ किसिमका मुद्दा मेलमिलापको माध्यमबाट मात्र निरुपण गर्न पाउने व्यवस्था रहेको उपप्रमुख महतारा बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्