Logo
मुख्य समाचार
भ्रष्टाचारीलाई उन्मुक्ति दिनुहुँदैन भन्नेमा हामी एक ठाँउमा छौँ: गुरुङ

काठमाडौँ, १२ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकार भ्रष्टाचार निवारण गर्दै सुशासन स्थापन गरेर जनतालाई सेवा दिन प्रतिबद्ध भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन

बाँझो जमिनमा आधुनिक प्रविधिबाट खेती गर्ने योग्य नीति लिइएको छ: श्रेष्ठ

काठमाडौँ, १२ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले भूमिको उचित सदुपयोग गर्दै बाँझो जमिनमा आधुनिक प्रविधिबाट खेती गर्ने योग्य नीति लिएको बताएकी छन् ।

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन: अर्थमन्त्री

काठमाडौँ, १२ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाउनुभएको विषयमा स्पष्ट पार्दै

विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताएका छन् । मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवसको बैठकमा शैक्षिक क्यालेन्डर दृढतापूर्वक

कांग्रेस बलियो भए लोकतन्त्रको संस्थागत विकास हुन्छ: पाण्डे

बैतडी, १२ असार । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका छन् । बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तरक्रियात्मक कार्यक्रममा उनले कांग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको

सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष शर्मा पक्राउ

काठमाडौँ, १२ असार । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

जसपा नेपालको विधान अधिवेशन आज समापन हुँदै

काठमाडौँ, १२ असार । जनता समाजवादी पार्टी नेपालको आइतबारदेखि सुरु भएको विधान अधिवेशन आज समापन हुने भएको छ । आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका

नक्कली शरणार्थी प्रकरणका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, ११ असार । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी

सीमित स्रोतका कारण केही योजनामा बजेट बिनियोजन भएन: किराती

काठमाडौँ, ११ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत, कानुनी उल्झनका कारण कतिपय क्षेत्रमा बजेट बिनियोजन गर्न नसकिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी

नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन: परराष्ट्रमन्त्री

काठमाडौँ, ११ असार । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिने प्रतिबद्धता जनाएका छन् । विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा सांसदले उठाएका