Logo
मुख्य समाचार
बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

काठमाडौँ, ८ पुस । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । सङ्घीय संसदमा निर्वाचित भएर शपथ ग्रहण गरेका पाण्डेले शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन्

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिका: राष्ट्रपति

सुर्खेत, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा

विश्वसनीयताको मानक डिजिटल कारोबार: अधिकारी

दार्जुला, ८ पुस । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आज आयोजित एक कार्यक्रमकाबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ

एमाले र कांग्रेसको सरकार आवश्यक: थापा

काठमाडौँ, ८ पुस : नेकपा (एमाले)का सांसद सूर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन् । मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

काठमाडौँ, ८ पुस । पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति

फरार र निलम्बित सांसद पनि लिए शपथ

काठमाडौँ, ८ पुस । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ

प्रचण्डकाे नेतृत्वमा सरकार बनाउनुपर्छ: शर्मा

काठमाडौँ, ७ पुस । अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आउँदो सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जिकिर गरेका छन् । आज शपथ ग्रहणपछि सङ्घीय

‘कांग्रेस र एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुन्छ’

काठमाडौँ, ७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए देशमा स्थिरता कायम हुने जिकिर गरेका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको

प्रधानमन्त्रीका बारेमा सल्लाह भइरहेको छ: प्रचण्ड

काठमाडौँ, ७ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पहिले को बन्ने भन्नेबारे सल्लाह भइरहेको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले

नवनिर्वाचित सांसदले लिए शपथ

काठमाडौँ, ७ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।