Logo
समाज
तीर्थयात्रीको निधन

ताप्लेजुङ, १४ चैत । पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ । बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका-९ का खिनबहादुर ढुङ्गानाको निधन

काठमाडौँ बन्यो सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर

काठमाडौँ, १४ चैत । काठमाडौँ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । काठमाडौँमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ । एक्यूआई एक

जिल्ला ट्राफिक कार्यालय झापाको नयाँ भवन उद्घाटन

बिर्तामोड, १४ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सोमबारदेखि नयाँ भवनमा सरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी छेउमा बनेको नयाँ भवनमा झापाको ट्राफिक प्रहरी कार्यालयमा सरेको हो ।

वनमा लागेको डढेलोको कारण प्रदूषण

फाइल तस्बिर सर्लाही, १४ चैत । वनमा लागेको डढेलोको कारण तराईमा वायु प्रदूषण बढेको छ । केही दिनदेखि सर्लाही, सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लामा पर्ने चारकोसे झाडी र चुरेक्षेत्रको वनमा

सिंगो गाउँ नै पहिरोको जोखिममा

बेनी, १४ चैत । गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका-१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् । वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ

पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ्गसहित वर्षाकाे सम्भावना

झापा, १४ चैत । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आगलागी हुँदा एक जनाको मृत्यु

उदयपुर, १४ चैत । उदयपुरको उदयपुरगढी गाउँपालिका-१ शिखरपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आठ घरमा क्षति पुगेको छ । आइतबार दिउँसो लागेको आगोका कारण त्यहाँकी ६८ वर्षीया

पहरो खोपेर बुद्धको मूर्ति

ओखलढुङ्गा, १४ चैत । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका-५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया, १३ चैत । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । गुलरिया नगरपालिका-६ बस्ने ३० वर्षीय ईब्रार भन्ने ईबरार अहमद मनिहारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पाेखराकाे वायु प्रदूषण घातक अवस्थामा

पोखरा, १३ चैत । पोखराको वायु प्रदूषण मानव स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । अहिले पोखरामा वायु प्रदूषण मापन सूचक एक्यूआई दुई सय १७ पुगेको छ । एक्यूआई दुई