एक वर्ष अघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेलसहित पार्टी एकता गर्ने घोषणा गरेर धेरैलाई आश्चर्य पारे । नेपालका मात्र होइन, विश्वभरका कम्युनिष्ट तथा गैर कम्युनिष्टलाई दुई पार्टीले सरप्राइज दिएका थिए । फरक फरक धारबाट स्थापित एकअर्काका परम् शत्रु जस्ता दुई कम्युनिष्ट पार्टी बिचको एकताको घोषणाले आश्चर्यमा पार्नु स्वभाविकै थियो ।
पुँजिवादी मुलुक र गैरमाक्र्सवादी बिचार बोक्नेहरुले दुई कम्युनिष्टको एकताको घोषणालाई निको मानेनन् । तर, संसारभरका माक्र्सवादी, समाजवादी पार्टी र जनता भने दुई पार्टीका एकता घोषणाले पुलकित बने ।
देश विदेशका समर्थक शुभचिन्तकले नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ उचाई प्राप्त गर्ने विश्वास लिए । तत्कालिन एमाले र माओवादीका नेता, कार्यकर्ताले निर्वाचन पनि नेपालमा समाजवादको गोरेटो कोरिने आशा लिए । दुई पार्टी बिचको एकता र मार्चाबन्दीले निर्वाचनमा नेता कार्यकर्तामा मात्र होइन, जनतामा पनि अब केहि हुन्छ भन्ने उर्जा पलाएको थियो ।
गुटले थिलथिलो भएको एमालेका नेता, कार्यकर्ताले माओवादीसँगको एकतापछि गुटको खाडलबाट मुक्ति पाइने अपेक्षा गरे थिए । माओवादीसँगको एकता पछि एमालेका ओली र नेपाल समूहले गुटबाट स्वघोषित मुक्ति पाइने आशा गरेका थिए । पार्टी संगठन संस्थागत गर्न नसकेर हैरान र निराश भएका माओवादी नेता कार्यकर्ताले पनि एमालेसँगको एकतापछि पार्टी संस्थागत हुने अपेक्षा गरेका थिए ।
नेपालको पुरानो पार्टी नेपाली कांग्रेस दुई पार्टीको एकतासहितको चुनावी तालमेलबाट हतप्रद नै भयो । त्यो गठबन्धन भत्काउन अनेक प्रयत्न गर्यो । सम्भव भएसम्म सबै शक्ति र बुद्धि लगयो, तरपनि पार लागेन । निर्वाचनमा कांग्रेस नराम्ररी पछारियो । उ अहिलेसम्म तंग्रिन सकेको छैन ।
धेरै ठूलो रस्साकस्सी र जोड घटाउ पछि दुई पार्टीका केन्द्रीय कमिटी मात्र एकता भएको छ । जनवर्गिय संगठन, पार्टीका प्रदेश, जिल्ला र स्थानीय कमिटी गठन हुन सकेका छैनन् । पार्टी एकताले पूर्णता नपाउँदै माधव नेपाल र उनको समूहले सार्वजनिक रुपमै असन्तोष व्यक्त गरेका छन् ।
पार्टी एकता र प्रक्रियामा प्रश्न गरेका छन् । उनका समूहका अन्य नेताले पार्टीमा वैचारिक बहस र छलफल हुन छाडेको आरोप लगाएका छन् । त्यो पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बिदेशमा भएका बेला नेपाल र उनको समुहले पार्टीको कार्यशैली र निर्णय प्रक्रियमा आपत्ति प्रकट गरेका हुन् ।
पार्टी एकताको घोषणाको उत्साहले भरीपूर्ण भएका नेता कार्यकर्ता सरकारको सुस्तताबाट निराश बन्दै गएका छन् । पार्टी एकता पनि किस्ता किस्तामा तौली तौली हुन थालेपछि नेता कार्यकर्तामा संशय उत्पन्न भएको छ ।
पार्टी एकता प्रक्रियाको महत्वपूर्ण कार्य सम्पन्न गर्ने जिम्मेवारी केपी ओली र प्रचण्डलाई दिइएको थियो र छ । दुई नेताको निर्णयबाटै पार्टी एकता सम्भव भएको पनि हो । एक समयसम्मका लागि यो ठिकै भएपनि सँधै दुई नेताको निर्णय अन्तिम हुने कुरा कम्युनिष्ट पार्टीमा कति सम्भव र जायज हुन्छ रु नेकपा भित्र दुई नेता मात्र निर्णायक हुने कुराको आलोचना सुरु भएको छ ।
नव गठिन नेकपा माक्र्सवाद लेनिनवादका मूल्य मान्यता अनुसार परिचालित छन् रु उनीहरु कम्युनिष्ट आदर्शबा प्रेरित छन् रु पार्टी, पार्टीका नेता, कार्यकर्ता कुन सिद्धान्त र विचारबाट परिचालित छन् रु नेकपाको सैद्धान्तिक तथा संगठानात्मक शैलीले नेपालमा समाजवाद सम्भव होला रु अब बहस हुन गर्नु पर्ने समय भएको छ । अन्यथा दुई तिहाईको कम्युनिष्ट सरकार एकताको कथा नहोला भन्न सकिन्न ।
माक्र्सवादको दार्शनिक मान्यता
माक्र्सवाद समाजवादी क्रान्तिको सिद्धान्त हो । यो श्रमजीवी वर्गको मुतिmको सिद्धान्त पनि हो । समाजको क्रान्तिकारी परिवर्तन गर्न मार्गदर्शन गर्ने सिद्धान्त हो माक्र्सवाद । अन्तर्वस्तुका हिसावले माक्र्सवाद एक वैज्ञानिक दर्शन, क्रान्तिकारी समाज विज्ञान र श्रमजीवी वर्ग पक्षधर राजनीतिक अर्थशास्त्रको समष्टि हो ।
माक्र्सवादमा आधारित पार्टी सर्वहारा वर्गको अग्रदस्ताको रुपमा हुन्छ । उहि कम्युनिष्ट पार्टीले श्रमजीवी वर्गको मुतिm र सिंगै समाजको परिवर्तनका निम्ति भूमिका खेल्दछ । कम्युनिष्ट पार्टीलाई माक्र्सवादले मार्गदर्शन गर्दछ ।
कम्युनिष्ट पार्टी माक्र्सवादका आधारभूत मूल्य, मान्यताका आधारमा गठन हुने र परिचालित हुने गर्दछ । कम्युनिष्ट पार्टी मुलतः दार्शनिक तहमा माक्र्सवादी र संगठानात्मक तहमा लेनिनवादी हुने गर्दछ । संसारभरका माक्र्सवादी लेनिनवादी पार्टीले यहि मान्यताका आधारमा पार्टी संचालन गरेका हुन्छन् ।
के हो लेनिनवाद ?
लेनिनले संसारलाई लगाएको गुण भनेकै पार्टी संगठन निर्माणको वैज्ञानिक पद्धती हो । उनले बिकास गरेको संगठानात्मक सिद्धान्त कम्युनिष्ट पार्टी मात्र होइन, गैरकम्युनिष्ट पार्टीले पनि अपनाउने गर्दछन् ।
रुसी क्रान्ति वा अक्टोवर क्रान्ति माक्र्सवादको पहिलो प्रयोग थियो भने लेनिनवादको प्रारम्भ थियो । लेनिनले प्रतिपादन गरेका संगठानात्मक सिद्धान्तलाई लेनिनवादी संगठानात्मक सिद्धान्त भनिन्छ । यो सिद्धान्त संसारका कम्युनिष्ट पार्टीले मात्र होइन, बुर्जुवा र पुँजिवादी पार्टीले पनि स्वीकारेका छन् ।
पार्टी सदस्य कमिटीको अधिनस्त, अल्पमत बहुमतको अधिनस्त, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्त, केन्द्रीय कमिटी महाधिवेशनको र महाधिवेशन पार्टी सदस्यको अधिनस्त हुने भन्ने लेनिनको विचार आजपनि संसार भर प्रयोगमा छ ।
विचार र सिद्धान्त विहिन पार्टीले क्रान्ति गर्न सक्तैन । कम्युनिष्ट पार्टी विचारले लैस हुनु पर्छ । कम्युनिष्ट पार्टीका सदस्य सर्वहारा क्रान्तिमा सर्मपित हुँदा मात्र क्रान्ति सम्पन्न हुन्छ भन्ने लेनिनको विचार आज पनि त्यति कै सान्दर्भिक र क्रान्तिकारी छ । कम्युनिष्ट पार्टीको सेना निर्माणको सवाल होस वा पार्टी नेता र कार्यकर्ता भूमिगत भएर क्रान्तिमा खेल्ने भूमिकाको अभ्यास लेनिनले पहिलो पटक गरे । जुन आज पनि निरंकुशता विरुद्ध, क्रान्तिका लागि प्रयोगमा आउने गरेको छ ।
विचारको होइन, गुटको बहस
कार्ल माक्र्सले कम्युनिष्ट पार्टी सर्वहारा वर्गको अग्रदस्ता हुने बताएका थिए । उनले त्यस्तो सर्वहारा वर्ग उच्च चेतनाबाटलैश भएको क्रान्तिकार अग्रदस्ता हुन्छ भने । जसले क्रान्तिको नेतृत्व गर्नेछ र सबैखाले शोषण, दमन र उत्पीडनको अन्त्य गर्नेछ ।
लेनिनले माक्र्सको वैचारिक धरातलमा उभिएर क्रान्तिकारी पार्टी र संगठन निर्माण गरे । पार्टी संगठन संचालन गर्ने वैज्ञानिक पद्धतीको बिकास गरे । संसार भरका कम्युनिष्ट पार्टी माक्र्सको सर्वहारवादी विचार र लेनिनको संगठानात्मक विचारबाट परिचालित हुन्छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापित हुँदापनि त्यहि वैचाररिक आधारमा गठन भएको थियो ।
नेपालका कम्युनिष्ट पार्टीले लेनिनवादी संगठानात्मक सिद्धान्तको अभ्यास नगरेका होइनन् । तर, नेपाली कम्युनिष्ट पार्टीले अभ्यास गरेका संगठानात्मक सिद्धान्त लेनिनवादी सिद्धान्त भन्दा ठिक उल्टो हुँदै गएको छ ।
लेनिनवादी संगठानात्मक पद्धतिलाई ठिक ढंगले अभ्यास नगर्दा नेपालका कम्युनिष्ट पार्टी पटक पटक बिभाजत भएका हुन् । व्यक्ति कमिटीको होइन, गुटको अधिनस्त हुने, गुट व्यक्तिले चलाउने र तिनै गुट चलाउने व्यक्तिले अन्ततः पार्टी कब्जा गर्ने संगठानात्मकशैली बिकास भएको छ ।
पार्टीमा बिचारको होइन, गुटको बहस हुन्छ । एउटा गुटले अर्को गुटको नेतालाई कसरी छिर्के लगाउने, आफुना गुटका नेता कार्यकर्तालाई कसरी नेतृत्वमा पूर्याउने, पार्टी र कमिटी कसरी कब्जा गर्ने, रातारात पार्टीको नेता कसरी हुने, पार्टी र सत्तामा कसरी कब्जा जमाउने भन्ने नै अहिलेको मुख्य कार्यदिशा र वैचारिक विषय हो ।
नेकपाको संगठानात्क सिद्धान्त के हो ?
गुटले थिलथिलो भएको एमाले र अराजकताले भरिपूर्ण भएको माओवादी पार्टी बिचको एकताबाट बनेको नेकपाको अहिले कुनै संगठानात्मक सिद्धान्त छैन । न त माक्र्सले भने जस्तो यो सर्वहारा वर्गको अग्रदस्ता नै हो । न लेनिनवादी संगठानात्मक सिद्धान्तनै अपनाएको छ ।
प्रचण्ड र ओलीले चाहेको निर्णय सचिवालयबाट अनुमोदन गर्ने काम हुन्छ । दुई जनाको सहमतिमा जे हुन्छ करिब करिब त्यो सचिवालयले अनुमोदन गर्दछ । पार्टी कमिटी र नेतृत्वमा कसलाई ल्याउने भन्ने निर्णय दुई जनाबाट हुने अवस्था छ ।
पार्टी केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालय निर्माणको विषय ओली प्रचण्डको निर्णय नै अन्तिम हुन्छ । प्रदेशका इन्चार्ज, सहइन्चार्ज, प्रदेश अध्यक्ष, सचिव छान्ने काम पनि दुई नेताले गर्ने र सचिवालयबाट अनुमोदन गर्ने अभ्यास सुरु भएको छ ।
जिल्ला तहको नेतृत्व छान्न बाँकी छ । धेरैको नाम सिफारिस भएका छन् । तर, कस्को सम्भावना छ भनेर भन्न सकिँदैन । नेतृत्वको बिषयमा कुनै कमिटीमा छलफल हुँदैन । दुई नेतालाई को प्रिय लाग्छ उही नेता हुन्छ । अर्थात पूर्व एमालेका जिल्ला नेताले ओलीको र पूर्व माओवादीले प्रचण्ड वा छोटा प्रचण्डको आरती उतारे मात्र जिल्लाको अध्यक्ष वा सचिव हुने अवस्था छ । यो कम्युनिष्ट पार्टी संगठानात्मक सिद्धान्त भित्र पर्ने विषय होइन । यसलाई माक्र्सवाद लेनिनवादको सट्टा हनुमान पथको बिकास गर्छ ।
कम्युनिष्ट पार्टीमा तल्लो तहबाट विचारको बहस र मन्थन हुँदै माथिल्लो कमिटीमा पुगेर त्यो पार्टीको वैचारिक सम्पतिमा रुपान्तरण हुन्छ । तर, अहिले यस्तो वैचारिक बहस एकादेशको कथा जस्तै भएको छ । अहिले नेकपामा विचारको बहस हुने कुरा लगभग समाप्त भएको छ । कुनै नेता कार्यकर्ताले वैचारिक प्रश्न उठायो भने त्यो आफ्नै गुटबाट पनि किनारीकृत हुँदै जानसक्छ । अन्ततः गुट परिवर्तन गरेन भने पार्टीबाट धकेलने अवस्थामा पुग्छ ।
कम्युनिष्ट पार्टीमा वैचारिक बहस पनि नहुने, पार्टी संगठन संचालनको वैज्ञानिक विधि पनि नअपनाउने हो भने, त्यो कम्युनिष्ट पार्टी रहँदैन । त्यो नाम मात्रको कम्युष्टि पार्टी हुन्छ । क्रान्तिकारी पार्टी हुन सक्तैन ।
नेकपा र तिनका नेताले समाजवादको यात्रा तय गर्ने उद्घोष गरेका छन् । उनीहरुले माक्र्सवादका आधारभुत मान्यता छाड्दै जाने र लेनिनवादको संठानात्मक पद्धति छाड्ने हो भने त्यो बुर्जुवा पार्टीमा रुपान्तरण हुन्छ । यस्तो बुर्जुवा पार्टीले क्रान्तिको नेतृत्व गर्न सम्भव हुँदैन । समाजवादको सपना त धेरै परको विषय हो । समाजवादको सपना देख्ने पार्टी र नेताले माक्र्सवाद लेनिनवादलाई खरो रुपमा पत्रन सक्नु पर्दछ । यसले मात्र क्रान्तिको आवश्यक्ता पुरा गर्न सक्तछ ।