भाद्र १ गतेदेखि नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू हुँदैछ नेपालमा मुलुकी ऐन २०२१ बाह्रौ संशोधन २०७५ भाद्र १ गते वाट हटि नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ र नयाँ मुलुकी फैजदारी (संहिता)ऐन २०७४ लागु हुने हतारोमा सरकार छ भने अदालत कानुन व्यावसायी तथा नेपाल प्रहरी न्यायपालिका कार्यपालीमा व्यावस्थापीकामा तत् निकायहरुमा तालिम सेमिनार तथा अस्पस्ट बिषयमा छलफल तथा कुराकानी हुने क्रम चलिरहेको छ।
बि.स.१९१० सालमा जारीभएको कानुन २०२२ साल जेस्ट महिनामा मुलुकी ऐन भनि नामाकरण नगरी ऐन मात्र भनी सम्बोधन गरिएको थियो। फेरी यस कानुन परिबर्तन हुने संघारमा उभिएको छ।
नयाँ संविधान बनेपछि सरकारले नयाँ देवानी (संहिता) ऐन ल्याएको हो। यस कानुन संहिता ऐन भित्र धेरै कुरा थप धट र कति कुरा परिमारजर्न समेत भएको छ। संहिता ऐनको कार्यविधिमा पारिवारिक कानुनअन्तर्गत विवाहसम्बन्धी व्यवस्थामा पनि केही हेरफेर भएको छ। अब २० वर्ष नपुगी कुनै पनि युवक(युवतीले विवाह गर्न पाउने छैनन्। २० वर्ष नपुग्दै विवाह भएमा त्यो बदर हुनेछ।
कार्यविधिको दफा ७० मा विवाह हुन सक्ने अवस्थाबारे उल्लेख गरिएको छ। दफा ६९ मा विवाह गर्ने स्वतन्त्रता उल्लेख गरिएको छ। विवाहको स्वतन्त्रता सबैलाई भएजस्तै जुनसुकै किसिमबाट भएको भए पनि विवाह सार्वजनिक गर्नुपर्नेछ। विवाहलाई गोप्य राख्न पाइने छैन भनि उल्लेख गरीएको छ।
सन्तान उत्पादन क्षमता नभए पनि बिहे नहुनेः शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु एचआईभी वा हेपाटाइटिस बी प्रकृतिका रोग लागेमा पनि विवाह गर्न पाइने छैन । कार्यविधिमा विवाह गर्नु नहुने व्यवस्थालाई विभिन्न दफा (७१) र उपदफामा समेटेको छ।
यौनाङ्ग नभएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भइसकेको भए पनि विवाह गर्न र गराउन पाइने छैन।
त्यसैगरी, पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टिविहीन वा कुष्ठ रोगी भए, होस ठेगानमा नभए, गर्भवती भए र नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहरी भइ अदालतबाट सजाय पाएको भए पनि विवाह गर्न र गराउने पाइने छैन।
शारीरिक सम्पर्कबाट शिशु जन्मिए स्वतः विवाहः जबरजस्ती करणीले महिलाले गर्भधारण गरी शिशु जन्मिएकमा भने स्वतःविवाह मानिने छैन तर कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा स्वतः विवाह भएको मानिने छ।
विवाहपछि महिलाको थरः विवाहित महिलाले विवाहपछि बाबु(आमाले प्रयोग गरेको थर वा निजको पतिको थर जुन पनि प्रयोग गर्न सक्छन्। दफा ८१ मा विवाहित महिलाको थर प्रयोगसम्बन्धी व्यवस्था गरिएको छ।
विवाहित महिलाको थरको सम्बन्धमा प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो पतिको थर प्रयोग गरेको मानिनेछ। पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा बाबु(आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्नेछिन् ।
नेपाल बाहिर बसोबास गरेका पति पत्नीले आफू रहे बसेको मुलुकमा रहेको नेपालको दूतावास वा महावाणिज्य दूतावासमा विवाह दर्ताको निवेदन दिन सक्नेछन्।’ विवाह दर्ताका लागि पति वा पत्नी एकजनाले निवेदन दिन सक्छन्। यसरी निवेदन दिएको १५ दिनमा बिदेशमा भए दूतावास वा महावाणिज्य दूतावासले विवाह दर्ताको प्रमाणपत्र दिनुपर्नेछ।
दोस्रो व्यक्तिसँग यौनसम्पर्क राखे सम्बन्ध विच्छेदः तीन वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा, पति वा पत्नीले एक अर्कालाई घरबाट निकाला गरेमा, अंगभंग हुने वा शारीरिक र मानिसिक कष्ट हुने किसिमकले कुनै काम वा जाल प्रपञ्च गरेमा पति वा पत्नी दुवैले सम्बन्ध विच्छेद गर्न पाउने छन्।
पति र पत्नीले सम्बन्ध विच्छेदका लागि समान कानुन प्रयोग गर्नेछन्। पति वा पत्नीले अन्य महिला र पुरुषसँग यौन सम्बन्ध राखेको ठहर गरेमा पनि सम्बन्धबिच्छेद गर्न सकिनेछ। पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहर भएमा पनि सम्बन्ध विच्छेद गर्न पाइने छ। ब्यक्ति संग झुक्यएर बिहे गर्नु नपाउने भनेको हो । तर नझुकाई बस्ताबिकता थाहा दिएर गर्नलाई क़ानूनले रोकेको छैन।