Logo

ओली-प्रचण्ड रणनीति-चीनको भर, भारतको कर



नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक महिनामा चीन र भारतको भ्रमण गरेका छन् । उनले दुवै देशको भ्रमण सफल भएको बताएका छन् । उनी पहिले भारत गए र त्यसपछि चीन तर्फ लागे ।
चीनबाट फर्किएका प्रचण्डले राजनीतिक सम्बन्ध विस्तार, आपसी हित र द्विपक्षीय चासोका विषयमा भ्रमण सफल भएको दावी गरेका छन् ।

चीनको भर, भारतको कर
प्रचण्डले दुबै छिमेकीसँगको सम्बन्धलाई थप मजबूत बनाउन र राष्ट्रिय हितका लागि प्रयोग गर्न भ्रमण सफल भएको बताएका छन् । तर, उनले भने जस्तो मात्र होइन भ्रमण । प्रधानमन्त्री केपी ओली र प्रचण्डको संयुक्त रणनीति अनुसार नै प्रचण्डले भारत र चीनको भ्रमण गरेका हुन् ।
देशमा प्रधानमन्त्री र सरकारले केहि गर्न नसकेको भनेर तिव्र आलोचना भइरहेको अवस्थामा नेपालले भारत भन्दा चीनको भर पर्नु पर्ने अवस्था आएको हो ।

भारतले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, सम्झौतै पिच्छे बार्गेनिङ गर्ने, राजनीतिक दवाव र गोटी चालीरहने कार्यले हैरान भएका ओली र प्रचण्डले भारतसँग नमाग्ने नीति बनाएका हुन् ।

त्यसमा पनि पार्टी एकताको भित्रि सूत्रधार चीनले पार्टी एकता भइ सरकार बने देश बिकास सहयोग गर्ने भनी दिएको आस्वाशन कार्यान्वयन गर्ने तयारीका लागि पनि प्रचण्डको चीन भ्रमण भएको हो ।

चीनले एकै पटक ठूल ठूला योजना घोषणा गर्दा भारत चिढिने भएपछि भारतलाई सन्तुलनमा राख्न प्रचण्डले भारतको भ्रमण गरेका हुन् । भारतीय नाकाबन्दी पछि ओली र मोदी बीच सुमधुर सम्बन्ध स्थापित हुन सकेको छैन ।

ओलीलाई भारतले अझैपनि शंकाकै दृष्टिबाट हेर्ने गरेको छ । तर, प्रचण्डसँग भने भारत केहि नरम देखिएको छ । जसको फाइदा उठाउँदै चिनियाँ सहयोगमा भारतले कुनै अवरोध नगरोस भन्ने रणनीति अन्तर्गत प्रचण्डले भारतको भ्रमण गरेका हुन् ।

प्रचण्डले भ्रमणको क्रममा भारतसँग कुनै नयाँ सहयोगको प्रस्ताव गरेनन् । उनले मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला यताका सबै प्रधानमन्त्री कालमा भएका बिकासका सहमति र सम्झौता कार्यान्वयन गर्न आग्रह गरे ।

तर, लगत्तै चीन पुगेका प्रचण्डले त्यहाँका उच्च राजनीतिक नेतृत्वलाई नेपालको आर्थिक विकास र समृद्धिको लक्ष्यलाई पहिल्याउन सहयोग गर्न आग्रह गरे । हिमालय सीमापार रेलमार्गको विस्तार, सम्पर्क सञ्जालमा जोड्न र लगानी अभिवृद्धिका लागि सहयोग मागे । उनले ठूला भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सहयोग गर्न र आपसी हित तथा चासोलाई समेत सम्बोधन गर्न आग्रह गरे ।

तर, भारतसँग भने यो भन्दा भिन्न रुपमा प्रचण्ड प्रस्तुत भए । ओली र प्रचण्डको रणनीति भनेको भारतसँग नमाग्ने तर पुरानो सम्झौता कार्यान्वयन गर्न दवाव दिने र चीनसँग भर पर्ने योजना हो ।

भारतलाई नविच्काई चीनसँग लिने रणनीति अन्तर्गत प्रचण्डको भारत र चीन भ्रमण भएको हो । भारतसँग नमाग्ने तर चीनले सहयोग गर्दा भारतले अवरोध बिरोध नगर्ने बनाउने प्रचण्डको भारत भ्रमणको मुख्य उद्देश्य हो । भारतले आपत्ति नजनाए पनि राम्रो सिंग्नल अझै दिएको छैन ।

चीन र भारतको चेपुवामा नेपाल
नेपाल चीनको चेपुवा र तानातानमा पर्दै आएको छ । राजा महेन्द्रको समयमा भारत र चीन बिच युद्ध भएको अवस्थामा दुबै देशले नेपाललाई आफ्नो पक्षमा पार्नु थियो । र, त्यसबेला महेन्द्रले लिएको सन्तुलित नीति कारगर भएको हो । तर, अहिले चीन र भारतको सत्रुतापूर्ण अवस्था छैन । उनीहरु बिच बिकास र व्यापारको प्रतिस्पर्धा छ । सत्रुता र मित्रताको सन्तुलन भारत चीन रणनीति हो ।

यस्तो अवस्थामा भारत शान्ति नभई चीनले नेपालमा ठूलो लगानी गर्ने सम्भावना कमै हुन्छ । चीनले नेपालमा भारत नबिच्कने गरी किस्ता किस्तामा सहयोग गर्नु पर्ने अवस्था छ ।

सैन्य अभ्यास सट्टा, पारवहन सन्धी
बिम्स्टेकमा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव सहभागि देशले स्वाकार गरेका थिए । नेपालका ३० जना सैनिक सहभागि हुने निश्चित भएको थियो । तर, एकाएक नेपालले पुँणेमा सैन्य अभ्यासमा नेपाली सेना नपठाउने निर्णय गर्यो ।

बिम्स्टेक नै भारतको रणनीति हो । पाकिस्थालनलाई एक्ल्याउने र चीनलाई थर्काउने रणनीति अन्तर्गत भारतले संयुक्तसैन्य अभ्यासको आयोजना गरेको थियो । तर, एकाउक सैन्य अभ्यासमा नेपालको सहभागिता नहुने घट्नाले भारत गम्भिर बनेको बन्यो । नेपालको निर्णयले अन्य केहि देशले पनि सैन्य अभ्यासमा सहभागिता जनाएनन् ।

भारतमा हुने सैन्य अभ्यासमा नेपालको सहभागिता नहुनुमा चीनको भुमिका रहेको भारतले बुझेपछि भारत थप नेपाल र ओली सरकारप्रति सशंकित बनेको छ ।

चीनले सैन्य अभ्यासमा नगए पारवहन सन्धी गर्ने आर्कषक प्रस्ताव गरेपछि ओली प्रचण्डले त्यसलाई तत्काल स्वीकार गरेका हुन् । प्रचण्ड र ओली प्रधानमन्त्री भएकै समयमा गर्न चाहेको सन्धीमा चीनले आकस्मिक स्वीकृति दिएपछि ओली प्रचण्डले त्यसलाई स्वीकार गरेका हुन् । तर, यो सम्झौताबाट भारत नराम्ररी बिच्किएको छ ।

भारतले सैन्य प्रमुखले मुखै खोलेर भने नेपाल चीन तिर ढल्कनै नसक्ने र ढल्कनु नहुने प्रतिकृया दिए । चीनसँगको पारवहन सन्धी भारतीय संचार माध्यममा ठुलो मसला बन्यो । फेरी नेपाल चीन तिर ढल्कियो भन्ने प्रचार भयो । यसमा भारतीय सरकार मौन जस्तो देखिए पनि खुःसी छैन ।

प्रचण्ड र ओलीले राष्ट्रिय हित र जनताको चाहना अनुसार नै आफूलाई राजनीतिमा कसरी सक्रिय बनाउँछन् । त्यसले देशको भविश्य निर्धारण गर्ने छ । ओली र प्रचण्डले राजनीतिक सन्तुलन कायम राख्न सकेनन् भने त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुन सक्छ ।

देशको आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर चीन र भारतसँगको सन्तुलित नीति बनाए भने दुबै नेता सफल हुन्छन् । सरकार र पार्टी सरफल हुन्छ, अन्यथा कम्युनिष्टको नारा मात्र हो, काम गर्न सक्तैनन् भन्ने अवस्था आउँछ ।

प्रतिक्रिया दिनुहोस्