Logo

अनिल र देव लिग-२ खेल्ने टोलीमा समावेश



काठमाडौँ, २ फागुन । ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर देव खनाल भोलिदेखि शुरु हुने आईसीसी लिग-२ को शृङ्खलाका लागि टोलीमा समेटिएका छन् ।

यसअघि क्यानडासँग भएको एकदिवसीय शृङ्खलामा राम्रो प्रदर्शन गरेपछि उनीहरु टोलीमा परेका हुन् । टोलीमा दुई परिवर्तनसहित १५ सदस्यीय नयाँ टोली घोषणा गरिएको छ ।

अनिल र देव समेटिएपछि यसअघि टोलीमा परेका रिजन ढकाल र अर्जुन साउद बाहिरिएका छन् । लिग-२ को खेलमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ छन् ।

नेपालले लिग-२ अन्तर्गत पहिलो खेल भोलि नामिबियासँग खेल्नेछ । त्यसपछि शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै ९ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ । सबै खेल कीर्तिपुर मैदानमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्