Logo

समानुपातिक सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको प्रत्यक्ष संवाद आज



काठमाडौं, १ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका समानुपातिक सांसदहरूसँग आज प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त कार्यक्रम मध्याह्न १२ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।

कार्यक्रममा सहभागी सांसदहरूले आफ्नो प्रतिनिधित्व गर्ने समुदाय (क्लस्टर) का प्रमुख समस्या, अवसर र चुनौतीबारे आफ्ना धारणा राख्नेछन्। साथै, ती समस्याको समाधानका सम्भावित उपायबारे पनि सुझाव प्रस्तुत गर्ने तयारी गरिएको छ।

सरकारले यस प्रकारको संवादमार्फत जनप्रतिनिधि र कार्यपालिका बीचको दूरी घटाउने तथा नीति निर्माण प्रक्रियालाई थप समावेशी र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्