Logo

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ-कर्णाली र सुदूरपश्चिम-चितवन भिड्दै



काठमाडौं, १६ कार्तिक । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स भिड्दै छन्।

पहिलो खेल दिउँसो साढे १२ सुरु हुनेछ।

यसपछि साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित काठमाडौँ आज पहिलो जित हासिल गर्ने दाउमा हुनेछ।

उता कर्णाली याक्स भने तेस्रो जित दर्ता गर्ने रणनीतितमा हुनेछ।

यसअघि कर्णालीले दुवै खेल जितेको छ। उसले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको हो।

प्रतिक्रिया दिनुहोस्