Logo

आज संवैधानिक परिषद् बैठक, प्रधानन्यायाधीश नियुक्ति सिफारिस मुख्य एजेन्डा



काठमाडौं, २४ वैशाख । संवैधानिक परिषद्को बैठक आज साँझ ५ बजे सिंहदरबारमा बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले परिषद् अध्यक्षका हैसियतमा बैठक आह्वान गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकको मुख्य एजेन्डा सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने रहेको छ। हाल प्रधानन्यायाधीश पद रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले जिम्मेवारी सम्हाल्दै आएकी छन्।

संवैधानिक परिषद् सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारीलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले हालै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद् बैठक बोलाइएको हो। नयाँ व्यवस्थाअनुसार परिषद्को गणपूरक संख्या चार कायम गरिएको छ र बहुमतका आधारमा निर्णय गर्न सकिने प्रावधान समेटिएको छ।

 

प्रतिक्रिया दिनुहोस्