Logo

गगन थापा भन्छन्: मन्त्रीज्यू, इम्बोस्ड नम्बर राख्न एकचोटि लाइनमा उभिएर हेर्नुस्



काठमाडौँ, २४ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सबै नागरिकले असारभित्रै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न तत्काल सम्भव नभएकाले यो प्रावधान फिर्ता लिन माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो माग गरेका हुन् ।

सांसद थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई इम्बोस्ड नम्बर राख्नका लागि यातायात कार्यालयमा सर्वसाधारणको लाइन र सास्ती हेर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्