Logo

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने



काठमाडौं, १० भाद्र । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’ टोलीले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल दिउँसो सवा ३ बजे डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ ।

आज आफ्नो चौथो खेल खेल्दै गर्दा नेपाली टोली दोस्रो जितको खोजीमा रहने छ । पहिलो र दोस्रो खेलमा हार बेहोरेको नेपालले तेस्रो खेलमा होबर्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो । यता, एसीटी भने पहिलो जितको खोजीमा छ । एसीटीले तीन खेल खेल्दा सबैमा हार व्यहोरेको छ ।

सेमिफाइनल सम्भावना कायमै राख्न आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । ताजा अवस्थामा नेपाल दुई अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

यस संस्करणको टप एन्ड टी–२० सिरिजका लागि नेपाल ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव रहेका छन् । यस्तै, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री पनि टोलीमा समावेश छन् ।

 

प्रतिक्रिया दिनुहोस्