Logo

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय



काठमाडौं, ३० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै उहाले यस्तो निर्देशन दिनुभएको हो ।

साथै ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गर्नुभएको छ ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो।

प्रतिक्रिया दिनुहोस्