
दाङ, ८ जेष्ठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १५ हजार ४ सय ५ मत पाएका छन् । नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५ सय ९४ मत पाएका छन् ।
यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले १४ हजार ६ सय १५ मत पाउँदा एकीकृत समाजवादीकी जोगबहादुर रानाले १० हजार ८ सय ९२ मत पाएका छन् ।







