काठमाडौं, ५ जेठ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
प्रहरीले उनलाई वीरगञ्जबाट पक्राउ गरेको जनाएको छ । प्रसाईं पर्सा पुगेका थिए ।
भोलिका लागि उनको अभियानको कार्यक्रम तय गरिएको थियो । प्रहरीले भने कार्यक्रमको पूर्वसन्ध्यामा उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउको कारणबारे भने प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन ।







