काठमाडौँ, १६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेर रोकिएको छ । कीर्तिपुर मैदानमा अहिले पानी परिरहेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २३ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भए । आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन जोडे । अहिले रोहित पौडेल र कुशल मल्ल अविजित छन् । पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेको हो ।
अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईले समूह ‘ए’ को उपविजेता ओमान मूलपानीमा खेलिरहेका छन् । आज जित्ने टोलीले उपाधिका लागि सोमवार कीर्तिपुर मैदानमा खेल्नेछन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।
शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।