सिन्धुपाल्चोक, १ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै वंश मास्नेले अहिले धाक लगाउन नमिल्ने बताउनुभएको छ ।
सिन्धुपाल्चोकको मेलम्चीमा आज आयोजित कार्यक्रममा बोल्दै उहाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कटाक्ष गर्दै आफ्नै वंश मास्नेले धाक लगाउन नमिल्ने बताउनुभएको हो ।
यस्तै प्रचण्डले पूर्वराजालाई मूर्ति, सुन चोरको आरोप पनि लगाउनुभएको छ ।
उहाले भन्नुभयो, वंश मास्ने र मूर्ति चोर्नेहरूले धाक लगाउन मिल्छ रु २५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए, नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् रु नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो रु आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?”।