पोखरा, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट डोहोर्याएर नारायणहिटी पुर्याउने उद्घोष गर्नुभएको छ । उहाले कांग्रेस र एमालेलाई आत्मालोचनासहित नवीन समझदारीमा आउन आह्वान पनि गर्नुभयो ।
अध्यक्ष लिङ्देनले राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्न राजनीतिक दललाई आह्वान गर्नुभयो । उहाले देशलाई अहिले स्थितिबाट पार लगाउन राजा फर्काउनुपर्ने बताउनुभयो।
शुक्रबार भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीले पोखरामा आयोजना गरेको वृहत विरोध सभामा बोल्दै लिङ्देनले राजालाई ल्याएर देशलाई पछाडि फर्काउन नभइ सुधार गर्न लागेको दाबी गर्नुभयो।
‘हामीले पछाडि फर्कने भनेको होइन। राजाको चहाना पनि पछाडि फर्कने होइन। हामी सबको चाहना देश अब यहीं स्थितिमा रही राख्न सकिदैन’, उहाले भन्नुभयो, ‘देश अब यही बाटोबाट हिँडिराख्न सक्दैन। र अब हिजोका पनि राम्रा कुराहरु आजका पनि केही राम्रा कुराहरु सबैलाई समेटेर नयाँ बाटो तय गर्नुपर्छ।’
लिङ्देनको आह्वान छ, ‘नयाँ समझदारी गरौं। जहाँ राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्न सकौं। र सबै मिलेर देशलाई विकास गरौं। म यो आह्वान गर्न चाहन्छु। दलहरुले ढिला नगर्नुस्।’
उहाले माओवादी भन्दा पनि कांग्रेस एमालेलाई राजा ल्याउने विषयमा सोच्नुपर्नेमा जोड दिनुुभयो।
जनताले युवा बेचेर नेता पाल्ने काम गर्न नसक्ने उहाको भनाइ थियो। ‘त्यसकारण दलहरु चाँडो सच्चिनु। नत्र भए नेताहरुलाई थाहा होला निर्मल निवास र नारायणहिटीको दूरी कति छ रु हामी जसरी तपाईंहरुले राजालाई जर्बजस्त विस्थापित गर्नुभो निर्मल निवासबाट डो¥याउँदै डोर्याउँदै नारायणहिटी पुर्याउन तयार छौं। त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन’, उहाले चेतावनि दिनुभयो। गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका लागि ठूला दलहरुले के बाट परिचालित थिए फटाफट बाहरि आइरहेको उहाले उल्लेख गर्नुभयो।