मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आत्मविश्वास र मनोबलमा पृद्धी हुनेछ। नेतृत्व क्षमता बलियो बन्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। सरकारी वा प्रशासनिक कार्यबाट लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आर्थिक व्यवस्थापनलाई लिएर सचेत रहनुहोस्। कार्यक्षेत्रमा जिम्मेवारी थपिन सक्छ। आफ्नो क्षमता अनुसार काम गर्नमा सफल भइनेछ। पुरानो कामबाट लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँ अवसरहरू देखापर्ने सम्भावना रहेको छ। साथीभाई वा सहकर्मीहरूबाट सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यक्रमहरूमा सहभागी हुने अवसर मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मेहनत अनुसार परिणाम प्राप्त नहोला। वरिष्ठ व्यक्तिबाट मार्गदर्शन प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। पुरानो कामलाई नै निरन्तरता दिनुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कार्यक्षेत्रमा चुनौतीहरू पन्छ्याउँदै नयाँ काम तर्फ अग्रसर हुने समय रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। यात्राको अवसर मिल्न सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
धैर्य राखेर काम गर्दा सफलता प्राप्त हुनेछ। अनावश्यक खर्च बढ्ने भएकाले आर्थिक पक्षमा ध्यान दिनुहोस्। स्वास्थ्यमा कमजोरीले थकानको अनुभव हुन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
साझेदारी तथा सहकार्य काममा सफलता मिल्ने योग छ। विद्यार्थीहरूको अध्ययनमा मन लाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कार्यक्षेत्रमा व्यस्तताले गर्दा थकानको अनुभव हुनेछ। प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। आर्थिक रूपमा सन्तुलित स्थिति रहनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। सृजनात्मक कार्यमा सफलता मिल्नेछ। नयाँ योजनाहरू सफल हुनेछन्। आर्थिक रुपमा लाभदायी समय रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययन र कलात्मक क्षेत्रबाट राम्रो अवसर प्राप्त हुनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। बाटो काट्दा र यात्रा गर्दा सचेत रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कानुनी मुद्दा मामलामा सफलता मिल्नेछ। धर्मकर्मतर्फ मन जानेछ। सामाजिक कार्यक्रमहरूमा सक्रियता बढ्नेछ। शत्रुहरू परास्त हुनेछन्। रोकिएको काम पुनः प्रारम्भ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। अरुको लागि खर्च गर्नुपर्ला। अनावश्यक वादविवादबाट टाढा रहनुहोस्। आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।





