Logo

आज २०८३ साल कार्तिक ८ गते आईतवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

​छिमेकीसँगको सामान्य गफमा निकै रमाइलो र सकारात्मक कुराकानी हुनेछ। आफ्नो मोबाइल वा ल्यापटपको डिजिटल फाइलहरू व्यवस्थित गर्नुहोस्। बाहिरको चिल्लो तथा फ्याटयुक्त खानाबाट टाढै रही फलफूलको सेवन बढाउनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बाल्यकाल वा पुराना दिनका तस्बिर हेर्दै रमाइला यादहरू ताजा गरिनेछ। कसैलाई दिने भनिएको पुरानो वाचा वा कबुल आज पूरा गर्ने अवसर जुर्नेछ। आजको दिन सरसफाइमा खर्च हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

​सडकबाट हिँड्दा वा बाटो काट्दा सवारी साधनप्रति विशेष सतर्कता अपनाउनुहोला। कसैले गरेको सामान्य आलोचनालाई मनमा नलई आफ्नो काममा ध्यान दिनुहोस्। बेलुकीको समयमा परिवारसँग कुनै पुरानो चलचित्र वा मनोरञ्जनात्मक कार्यक्रम हेरिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

​सामाजिक सञ्जालमा कसैसँग अनावश्यक वादविवाद वा टिप्पणी गर्नबाट टाढै बस्नुहोला। शारीरिक थकान हटाउन ध्यान गर्नुहोस्। कुनै पनि विषयमा कुरा नबुझी व्यक्तिगत धारणा नबनाउनुहोस्। आजको शुभ रंग सिन्दूरी हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

​सहकार्यले सफलता दिलाउनेछ। साथीभाइसंग कुनै विषयमा रमाइलो छलफल हुनेछ। मन शान्त रहनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफ्नो घरको मुख्य ढोका वरपरको सरसफाइमा विशेष ध्यान दिनुहोला। टाढाका कुनै इष्टमित्रसँग फोनमा लामो र सुखद कुराकानी हुनेछ। बेलुकी सुत्ने बेलामा मोबाइलको स्क्रिन टाइम कम गरेर निद्रा छिटो लिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

​तपाईंलाई आज कागजात वा पुराना प्रमाणपत्रहरू मिलाएर राख्ने जाँगर चल्नेछ। घरका साना बालबालिकाहरूलाई समय छुट्याउदाँ लाभ हुनेछ। आफ्नोलागि पनि समय दिने बानी बसाल्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

​लामो समयदेखि बन्द गरेको कार्य सञ्चालनमा ल्याउने सोच बन्नेछ। आफ्नो कमाईको केही अंश राख्ने काम सम्पन्न हुनेछ। कसैलाई सहयोग गर्नुपर्ने अवस्था आएमा पछि नहटी आफ्नोतर्फबाट सक्दो प्रयास गर्नुहोस्। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

​कुनै नयाँ अनलाइनसँग सम्बन्धित कार्य सम्पादनमा रुचि बढ्नेछ। पुराना बिल र नचाहिने कागजपत्रहरू छानेर फाल्नुहोस्। सानातिना कुरामा धेरै नसोची मनलाई पूर्ण रूपमा शान्त राख्ने कोसिस गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

​तपाईंको कुनै पुरानो हराएको वा बेपत्ता भएको वस्तु घरकै कुन ठाउँबाट फेला पर्नेछ। घरका ज्येष्ठ सदस्यको कुरा सुनेर आफ्नो अन्तिम निर्णय गर्नुहोला। आज बाहिरको धुलोधुवाँ र प्रदुषणबाट टाढै रहनु उचित हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

​पारिवारिक जमघट संगै रमाइलो समय बित्नेछ। कतै यात्रामा निस्कने तयारीमा हुनुहुन्छ भने झोला पहिले नै प्याक गरेर सुरक्षित राख्नुहोला। बेलुकीतिर मनको भारी हल्का गर्न मन्त्रजाप गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

​घरमा पाहुनाको आगमन हुनेछ। लेखन साहित्यका विषयमा रुचि जागृत हुनेछ। शारीरिक स्फूर्तिको लागि हल्का स्ट्रेचिङ वा घरभित्रै हिँडडुल गर्ने काम गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्