काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानेहुनु भएको छ।
प्रधानमन्त्री ओली शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जानेहुनु भएको हो।
सम्मेलन भदौ १५ र १६ गते ९अगष्ट ३१ र सेप्टेम्बर १० मा बेइजिङमा आयोजना हुँदै छ । यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्ने बताईएको छ ।
यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने विषयमा छलफल भइरहेको थियो ।
तर राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री ओलीको सहभागिता तय भएको हो ।
गत वर्ष प्रधानमन्त्री भएपश्चात ओलीको पहिलो विदेशी भ्रमण चीनमै भएको थियो ।
एक वर्षभित्रै हुन लागेको यो दोस्रो चीन भ्रमण हो ।
विश्व दुई ध्रुवमा विभाजित हुँदै गइरहेको वर्तमान अवस्थामा, चीनको यो सम्मेलनलाई विशेष महत्वका साथ हेरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदै छन् । ओलीले चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको