Logo

प्रहरी र सशस्त्रले सीमित स्रोत साधनबीच प्रशंसनीय काम गरे: गृहमन्त्री



काठमाडौँ, २८ चैत । गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फछ्र्योट कार्यमा सर्वोकृष्ट/उत्कृष्ट हुने कर्मचारी र अवकाश लिन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खलाललाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताए ।

सुरक्षा निकायलाई विस्तारै स्रोत र साधनयुक्त बनाउने योजना सरकारको रहेको पनि गृहमन्त्री खाँणले आश्वस्त पारेका छन् । उनले बेरुजु फछ्र्योटमा सर्वोकृष्ठ/उत्कृष्ठ हुनेलाई नगद तथा प्रशंसापत्र समेत वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्