काठमाडौँ, २४ जेठ । कठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा महानगरका मेयर बालेन्द्र शाह र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच छलफल भएको छ ।
लगानी बोर्डको कार्यालय नयाँ बानेश्वरमा मङ्गलवार भएको भेटमा फोहोरमैला व्यवस्थापन आयोजनाका लागि विगतमा भएका पहल र आउँदा योजनाको विषयमा छलफल भएको थियो ।
काठमाडौँ महानगरको मेयरमा निर्वाचित साहले आफू निर्वाचित भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता एवम् विभिन्न सरकारका प्रमुखसँग भेटवार्ता गर्दै आएका छन् ।







