
ताप्लेजुङ, २ जेष्ठ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको छ ।
कांग्रेसका युक हां वीर हाङ्गाम २ हजार ८६९ मतसहित अध्यक्षमा विजयी भएका हुन् । एमालेका केदार जङ्ग लिम्बुले २ हजार ७७० मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गाप्रसाद श्रेङ चङ्गवाङ २ हजार ५९८ मत ल्याएर निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले १ हजार ६५७ मत ल्याएका हुन् ।







