Logo

यस्तो छ आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ। तर, पाउन्डसहित केही मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ।

हिजो अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारको विनिमयदर घटेको थियो भने अस्ट्रेलियन डलरसहित केही मुद्राको विनिमयदर बढेको थियो। हिजो पाउन्ड स्ट्रलिङको विनिमयदर भने स्थिर थियो।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा छ। हिजो आज युरो १ को खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९७ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ छ। हिजो कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ४५ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ३८ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

प्रतिक्रिया दिनुहोस्