सुर्खेत, १६ मंसिर । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांगेसका मोतिराम खत्रीले ५९० मत ल्याएर निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादीका जसिराम बस्नेतले ४३७ मत प्राप्त गर्नुभयो । १ हजार १४६ खसेको मतमध्ये १९ मत बदर भएका थिए । यहाँ यसअघि पनि कांग्रेसले नै जितेको थियो ।