Logo

३३ स्थानको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचिसहित)



काठमाडौं, १७ मंसिर । स्थानीय तह उपनिर्वाचनमा हालसम्म ३३ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले)ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र)ले ५ वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरूले पनि समान रूपमा एक-एक स्थानमा जित हासिल गरेका छन् ।

यी हुन् कांग्रेसले जितेका स्थानहरू

नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका–८, तेह्रथुम

तेतर साहु, गढी गाउँपालिका–६, सुनसरी

शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका–७, रौतहट

समसे आलम, राजपुर नगरपालिका–६, रौतहट

इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका–१, काठमाडौं

अर्जुनप्रसाद तिवारी, हेटौंडा–१२,मकवानपुर

आनन्द श्रेष्ठ, मुसिकोट–१, गुल्मी

भुपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका–४, रोल्पा

अमिन थारू, ठाकुरबाबा नगरपालिका–४, बर्दिया

खम्बबहादुर सिंह, कुशे गाउँपालिका–७, जाजरकोट

मोतीराम खत्री, सानीभेरी गाउँपालिका–५, रुकुमपश्चिम

धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका–४, बझाङ

मोहन थापा, पुर्वीचौकी गाउँपालिका–६, डोटी

धनसिंह कुँवर, दुहु गाउँपालिका–५ , दार्चुला

प्रकाश चन्द, भीमदत्त नगरपालिका–६, कञ्चनपुर

यी हुन् एमालेले जितेका स्थानहरू

जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्ष, दैलेख

सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

कुमारी सावादेन, सिरिजंघा–३, ताप्लेजुङ

गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका–५, ओखलढुंगा

सकिवुल खाँ, रामगोपालपुर नगरपालिका–२, महोत्तरी

मोहमत ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका–१,कपिलवस्तु

लालबहादुर शाही, दुल्लु नगरपालिका–१३, दैलेख

यी हुन् माओवादी केन्द्रले जितेका स्थान

नवीनकुमार वान्तवा राई, त्रियुगा नगरपालिका–१२, उदयपुर

सुनील कापर केवट, धनुषाधाम नगरपालिका–१, धनुषा

कृष्ण घिमिरे, ककनी गाउँपालिका– २, नुवाकोट

विष्णुबहादुर मगर, गोरखा नगरपालिका–५

जगत घर्ती, पुथा उत्तरगंगा–२ निर्विरोध, रोल्पा

यी हुन् जनता समाजवादी पार्टी नेपालले जितेका दुई स्थान

धिरेन्द्रकुमार शाह,  डाक्नेश्वरी–१, सप्तरी

देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी–४ सप्तरी

यसैगरी, काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी रोजिना श्रेष्ठ विजयी हुनुभएको छ ।  रौतहटको गढीमाई नगरपालिका–८ मा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित हुनुभएको छ ।  कालीकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही निर्वाचित हुनुभयो ।

झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभयो ।उनी कांग्रेसबाट बागी उठेका थिए ।

प्रतिक्रिया दिनुहोस्