Logo

मोदीले नेपाल भ्रमणबाट के पाउलान् ?



भारतीय पध्रानमन्त्री नरेन्द्र मोदी बैसाख २८ गते तेस्रो पटक नेपालको भ्रमण गर्दैछन् । मोदीको राप र तापको पारो उच्च भएको बेला पहिलो पटक नेपाल भ्रमणमा आएका थिए । त्यसबेला मोदीको सरकारी स्तरबाट मात्र होइन नागरिक स्तरबाट पनि भव्य स्वागत भएको थियो । उनलाई काठमाडौँवासीले सडकबाटै भव्य स्वागत र सम्मान प्रकट गरेका थिए ।
तत्कालिन संविधानसभामा मोदीले गरेको सम्बोधनले सभाषद् मात्र होइन नागरिकसमेत मोहित भएका थिए । मोदीको भाषणबाट सभाषद् र नागरिक सबै गद्गद् भएका थिए । भारतले अहिलेसम्म नेपाललाई हेप्तै थिच्तै आएको थियो, अब ति सबैखाले थिचोमिचोबाट मुक्त हुने अपेक्षा नेपाली नेता र जनताको थियो । उनले नेपाली नेतालाई संविधान बनाउन गरेको आह्वानले मोदी नेपालीका परम मित्र भएका थिए ।
तर, मोदीले त्यो सम्मानको बदलामा नाकाबन्दी लगाएर चिसो पानी खन्याइदिए । नेपाली जनताको त्याग र बलिदानबाट संविधानसभाको महत्व बुझेनन् । उनले संविधानसभाबाट पारित संविधानलाई अस्वीकृत मात्र गरेनन् आफुले भने जस्तो संविधान भएन भनेर नेपालमा नाकाबन्दी नै लगाए । भारतको कुनै प्रदेशको मुख्यमन्त्री र प्रदेशलाई दिन नसक्ने निर्देशन नेपाल र नेपाली नेतालाई दिए । नेपाली राष्ट्रियता समाप्त गर्ने प्रस्ताव संविधानमा समावेस गर्न उर्दी जारी गरे । नेपाललाई भुटानीकरण गर्ने मोदीको प्रस्ताव अस्वीकार गर्दा नेपालमा नाकाबन्दी लगाए । लगभग एब वर्षसम्म लागाइएको नकाबन्दीले नेपाली जनताको घाँटी निमोठने काम गरे । नेपाली जनताले मोदीप्रति गरेको मान सम्मानको बदला नाकाबन्दी उपहार दिए । र, नेपाली जनताको घाँटी निमोठने प्रयास गरे ।
अन्ततः नाकाबन्दीबाट अपमान र आत्मग्लानी बाहेक उनले केहि पाउन सकेनन् । मोदीले नाकाबन्दी लगाएर नेपाल र नेपाली नेतालाई घुँडा टेकाउने जुन सोँच बनाएका थिए, त्यसको ठिक उल्टो परिणाम निस्कियो । नाकाबन्दीले भारत नेपालको छिमेकी भएपनि कहिल्यै मित्र हुन सक्तैन भन्ने प्रमाणित गरे । नाकाबन्दीले नेपाली नेता मेरासामु लम्पसार पर्छन् भन्ने मोदी अनुमान हावा खायो । जनताको साथ र दवावले नेपाली नेता होइन मोदी आफैँ झुक्न वाध्य भए । आफैँ लत्रिएर नेपालको नाकाबन्दी हटाउन बाध्य भए ।
नाकाबन्दीले नेपाल आफ्नो हातबाट झन पर पुगेको भारतले निस्कर्ष निकाल्यो । नाकाबन्दीका कारण नेपाल चिनको प्रभावमा परेको उसको विश्लेषण छ । आफ्नो व्यवसायिक प्रतिस्प्रधि चिनको हातबाट नेपाललाई मुक्त गर्नु भारतको नेपालप्रतिको एकमात्र रणनीति हो । भारतले यहि रणनीति अन्र्तगत प्रधानमन्त्री केपी ओलीलाई भारत बोलाएर चिनको व्यपारिक मेलामा जानबाट रोक्यो । अहिले फेरी प्रधानमन्त्री ओली चिन जाने तयारी गर्दै थिए मोदी आफैँ नेपाल आउने भएपछि ओलीको चिन भ्रमण पुनः धकेलिएको छ ।
प्रधानमन्त्री ओलीलाई भारत आमन्त्रण गर्नु र आफ्नो नेपाल भ्रमणको मिति तय गर्नुमा जाली कूटनीति देखिन्छ । यो प्रधानमन्त्री ओलीलाई थाहा छ, तर उनीपनि निरिह बन्दै गएका छन् । ओलीको क्रान्तिकारी राष्ट्रवादमा खिया लाग्दै गएको छ । हिजोका क्रान्किारी राष्ट्रवादी ओलीको छवीमा छाँया देखिन थालेको छ । सत्ता र शक्तिका लागि भक्तिको संगित गुञ्जिन थालेको छ ।
मोदीले ओलीको जतिनै सम्मान र खातिरी गरेपनि मोदी नेपालमा आएर चोचोमोचो गरेपनि नेपाली जनताको मनमा गाडिएको नाकाबन्दीको खिल त्यति सहजै निस्कनेवाला छैन । मोदीले नेपालमा आएर नेपाली जनतासँग मैले नेपालमा नाकाबन्दी लगाउनु भुल थियो भनेर सार्वजनिक रुपमा माफी मागेभने माफसम्म पाउन सक्छन् । तर, नेपालीले नाकाबन्दीको पीडा भुलिहाल्न सक्तैनन् । र नेपालमा मोदीले पहिलो भ्रमण जुन मान सम्मान पाएका थिए, त्यसको बदलामा अपमान र तिरस्कार व्यहोर्नु पर्ने हुनसक्छ । उनले नाकाबन्दी लगाएर गरेको अपराधको प्रतिफल मोदीले भोग्न बाँकी नै छ ।
मोदीले नाकाबन्दी लगाएर आत्मग्लानी बाहेक केहि पाएनन् । उनले त्यसको प्रभाव र परिणाम भोग्न अझै बाँकी छ । नेपालको एउटा पुस्ताले मोदीलाई कहिल्यै माफ गर्न सक्तैन । मोदीले नेपाली जनताबाट तिस्कारबाहेक अब केहि पाउँदैनन् । उनले नेपाल आएर पशुपतिनाथ र मुक्ति क्षेत्रको जतिनै महिमा गाएपनि अब त्यसको कुनै अर्थ छैन । मोदीका लागि नेपाली जनताबाट पाउने मान सम्मानका सबै ढोका बन्द भइसकेका छन् । ति सबै ढोका मोदी आफैँले बन्द गरेका हुन् । जुन मोदीका लागि कहिल्यै नखुल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्