Logo

नेपाली कांग्रेस एजेण्डा बिहिन भएकै हो ?



नेकपा एमाले र माओवादी केन्द्रको निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणा गरे । नेपाली कांग्रेसले चुनावी नारा बनायो- कम्युष्टि चुनाव जिते देशमा अधिनायकवाद आउँछ ।
कांग्रेसको यो वासी नाराप्रति मतदाता मात्र होइन स्वयम् कांग्रेसी कार्यकर्ताले पनि पत्याएका थिएनन् । कांग्रेससँग कुनै गतिलो सैद्धान्ति र वैचारिक नारा नहुँदा कम्युनिष्ट बिरोधी त्यहि नारा लगाए । तर, जनताले पत्याएनन् । कांग्रस निर्वाचनमा नराम्ररी पराजीत भयो ।

निर्वाचनपछि पनि कांग्रेसले त्यहि नारा छाडेन । तर, त्यसमा कुनै आकर्षण थिएन । केपी ओलीको नेतृत्वमा बाम सरकार गठन भयो । कांग्रेस किन निर्वाचनमा यति धेरै पछारियो भन्ने प्रश्नको उत्तर खोज्ने नाममा आफैँ भित्र एकअर्कालाई दोषारोपण गर्ने काम गरे ।

निर्वाचन परिणामले निराश भएका कार्यकर्ता देउवाले राजीनामा दिनु पर्ने र नपर्ने बिषयको विवादले कांग्रेसी कार्यकर्ता थप निराष थिए । तर, त्यस विचमा माइतीघर मण्डलामा प्रदर्शनमा सरकारले लगाएको रोकले कांग्रेसलाई प्रतिपक्षको भुमिका निर्वाह गर्न थोरै मसला मिल्यो । यस घटनामा कांग्रेसको भदा विवेकशील र नयाँ शक्ति जस्ता साना पार्टीले नागरिकको ध्यान तानेका थिए ।

तर, जव डा. गाविन्द केसी जुम्लामा आमरण अनशन बसे, तब कांग्रेसमा एकाएक रक्त सञ्चार भयो । कांग्रेसका नेतादेखि कार्यकर्तासम्म उत्साहित भए । सबै शक्ति लगाएर कांग्रेसले डा. केसीको समर्थन गर्यो । डा. केसी प्रकरणले कांग्रेसको गिरेको मनोविज्ञानलाई थोरै भएपनि उठाउने काम गरेको छ ।

अब कांग्रेस के गर्छ ?
माइतीघर मण्डलामा सरकारले प्रदर्शनमा लगाएको रोक अदालतले फुकुवा गरिदियो । लामो समयदेखि अनशनमा रहेकी गोरखाकी गंगामायँ अघिकारीले पनि अनशन तोडिन् । डा. केसी र सरकार बिच भएको सहमति कार्यान्वयन गर्ने सरकारले प्रतिवद्धता व्यक्त गरेको छ ।
सतहमा देखिएका सबै मुद्दा तत्काल किनारा लागेको छ । कांग्रेसका लागि कुनै नयाँ विजनेश छैन । जनताको ध्यान तान्ने कुनै मुद्दा नहुँदा कांग्रेस सकसमा परेको छ । उसले कुनै मुद्दा नभेटेर संघीय र प्रदेश संसदका सभामुख र उपसभामुख एउटै पार्टीको हुनु नहुने बिषयलाई मुल मुद्दा बनाउने भएको छ ।

पार्टी एकता अघि निर्वाचन प्रक्रियाबाट सभामुख र उपसभामुख चुनिएको बिषय हो । सभामुख र उपसभामुख भएपछि आफुहरुले पार्टी संलग्नता त्यागेको सबैले घोषणा गरेका छन् । निर्वाचन पछि उनीहरु पार्टीका सदस्य होइनन् भन्ने दृष्टिकोण पनि बलियो गरी स्थापित छ । यो मुद्दाले कांग्रेसको इज्जत थेग्ला जस्तो छैन । धेरै विवादित भए न्यायीक निरुपणको विषय बन्न सक्तछ ।

कांग्रेसमा सैद्धान्ति तथा वैचारिक ढंगले मुद्दाको उठान हुँदैन । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बेला बेला सैद्धान्ति मुद्दा उठान गर्छन । तर, उनले उठाएका मुद्दालाई अरु सिनियर कुनै नेताले पनि बोक्तैनन् ।
प्रवक्ता शर्माले मदन भण्डारीको बहुदलिय जनवाद पार्टी एकतापछि नेकपाको विचार नभएकाले नेकपा पुरानो सिद्धान्तमा फर्किएको आरोप लगाए । यसले नेकपा अधिनायकवादको बाटोमा हिँडेको आरोप लगाए । शर्मा बेला बेला घटनालाई सैद्धान्तिकरण गर्ने प्रयास गरेपनि त्यो एजेण्डाको रुपमा स्थापित हुन सकेको छैन ।

सहतमा कांग्रेससँग वास्तवमै कुनै एजेण्डा छैनन् । डा. प्रकरणले रक्त सञ्चार भएका कार्यकर्तालाई कांग्रेसले के होम वर्क दिन्छ धेरैले चासो राखेका छन् । पार्टी संगठन निर्माण आन्तरिक प्राथमिकता होला नै, तर सहतमा एजेण्डा विहिन हुने कुराले कांग्रेसीजन फेरी पिरोलन थालेका छन् । कांग्रेस नेतृत्वले खुद्रे एजेण्डामा अलमलिने हो वा कांग्रेसको पुनःनिर्वाणमा लाग्ने हो उसको भविश्य त्यसैले निर्धाराण गर्छ ।

प्रतिक्रिया दिनुहोस्