Logo

पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण



काठमाडौँ, १ चैत । पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जना र ३ हजार १५० जनाको एन्टीजेन परीक्षण गर्दा २६ जना गरी ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३० जना कोरोनाबाट निको भएका छन् भने हाल ४ हजार ७४६ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४ हजार ६७१ जना होम आइसोलेसनमा रहेका छन् भने ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ९९४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ भने ९ लाख ६१ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्