Logo

रसुवागढी नाकाबाट आयात बढ्यो



रसुवा, ३ चैत । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्रीको आयात बढेको छ ।

कोभिड-१९ सुरु भएपछि नाकाबाट थोरै सामग्रीको आयात भइरहेकोमा महामारी घटेसँगै आयात बढेको हो । अहिले दैनिक १४ वटा कन्टेनरमा सामग्री आउन थालेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । यसअघि नाकाबाट दैनिक ९ वटा कन्टेनरमा मात्रै सामग्री आयात भइरहेको थियो ।

आयात बढाउन गएको बिहीवार दुई पक्षबीच सहमति भएको थियो । बैठकमा नेपाली पक्षले नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन नसकिए पनि दैनिक २५ वटा कन्टेनरमा सामग्री ल्याउन प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्