Logo

पूर्वराजाको नयाँ वर्ष झापामा



काठमाडौँ, ६ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन् । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो । उनको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ ।

निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते शुक्रबार दिउँसो हवाईमार्गबाट झापा जाने कार्यक्रम तय भएको छ । झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको स्रोतको भनाइ छ । यद्यपि, अहिलेसम्म भने कुनै कार्यक्रम तय भइनसकेको स्रोतले बतायो ।

कोरोना महामारीका कारण लामो समय निर्मल निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रको परिवार लामो बसाइका लागि झापा जान लाग्नुभएको हो । ज्ञानेन्द्रसँग केही कर्मचारी र निजी सचिव सागर तिमल्सिना जाने कार्यक्रम रहेको छ ।

यसअघि झापा भ्रमणको क्रममा ज्ञानेन्द्र र कोमल भारतको सिलगुढी पुगेका थिए । झापामा केही दिन बसाइपछि आफन्तसँग नयाँ वर्ष मनाउने कार्यक्रम रहेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्