Logo

पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण



काठमाडौँ, ८ चैत । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८१ जना निको भएका छन् भने हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ हजार ६३७ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३२३ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६३ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्