Logo

पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित



काठमाडौँ, ८ चैत । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको एक सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा मात्र तीन विकेट गुमाएर भेटायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ५९ रन बनाए ।

यस्तै कुशल भुर्तेलले ५०, रोहित पौडेलले ४४, आशिफ शेखले दुई बनाउँदा दीपेन्द्रसिंह ऐरीले शून्यमै आउट भए । बलिङतर्फ पीएनजीका चार्ल्स अमिनीले दुई र कबुवा मोरेले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायो । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै चार सोपरले २२ र लेगा सिकाले २० रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले दुई-दुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्