Logo

स्थानीय तह निर्वाचन: घोषणापत्र बनाउन एमालेले बनायो कार्यदल



काठमाडौँ, १० चैत । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गठन गरेको छ ।

बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो ।

कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिपव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली छन् ।

कार्यदललाई चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालयमा पेश गर्ने जिम्मेवारी दिइएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्