Logo

पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण



काठमाडौँ, १३ चैत । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८० पीसीआर परीक्षणमा १५ जना र १ हजार ४४२ एन्टीजेन परीक्षणमा ८ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१५ जना निको भएका छन् भने हाल देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्