Logo

सकभर अफ्नै तागतमा निर्वाचन लड्ने हो: प्रचण्ड



रोल्पा, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकभर अफ्नै तागतमा निर्वाचन लड्ने बताएका छन् ।

रोल्पामा सोमवार भएको कार्यक्रममा बोल्दै उनले भने, ‘सकभर आफ्नै तागतमा निर्वाचन लड्ने हो तर विशेष परिस्थितिमा बनेको यो गठबन्धनलाई पनि निरन्तरता दिन आवश्यक छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा सदरमुकाम रहेका पालिकासम्म गठबन्धन गर्ने तयारी भइरहेको बताए । उनले सबै पालिकामा गठबन्धन गर्न सम्भव नभए पनि महानगर, उपमहानगर र सदरमुकाम रहेका पालिकासम्म अहिलेकै गठबन्धन गर्ने तयारी भइरहेको बताएका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि धेरैजसो नेताहरूले गठबन्धन गर्ने मत व्यक्त गरेकाले स्थानीय निर्वाचनमा पनि गठबन्धन हुने निश्चित भएको उनको भनाइ छ । देशभर निर्वाचन माहोल बढेकाले सबै दल आ-आफ्नै पक्षमा जनमत बनाउन लागेकाले आफ्नो पार्टीले पनि त्यही नीतिलाई अघि सारेको अध्यक्ष प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्