Logo

बिर्तामोडमा स्थानीय तहको निर्वाचन केन्द्रित संगठन सुदृढिकरण अभियान



झापा, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले बिर्तामोडमा आसन्न स्थानीय तहको निर्वाचन तथा संगठन सुदृढिकरण अभियान सञ्चालन गरेको छ ।

बिर्तामोड नगर कमिटीले शुक्रवार बिर्तामोडमा आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई केन्द्रित गरेर अभियान सञ्चालन गरेको हो ।

नगर कमिटी अध्यक्ष मोहन सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा कमाण्ड इन्चार्ज सावित्रीकुमार काफ्ले (समर) को प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समर, केन्द्रिय सदस्य तथा प्रदेश नं. १ कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश) केन्द्रिय सदस्य तथा सांसद धर्मशीला चापागाई, केन्द्रिय सदस्य रञ्जित तामाङ, लक्ष्मी न्यौपाने (सरु), प्रदेश सदस्य कुवेर श्रेष्ठ (अरुण)लगायतले आ-आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा बिर्तामोड नगरका १० वटै वडाको पार्टी अवस्था र बस्तुस्थितिको बारेमा वडा अध्यक्षहरुले जानकारी गराएका थिए ।

सोही कार्यक्रमकाबीच सीपी कडरियाको संयोजकत्वमा ५०१ निर्वाचन परिचालन मुल समिति गठन भएको छ । त्यस्तै सुदिप खवासको संयोजकत्वमा वाइसिएल, नरेन्द्र फूयालको संयोजकत्वमा बुद्धिजिवी संगठन, रिता मिश्रको संयोजकत्वमा अनेम संघ (क्रान्तिकारी), कृष्ण साँवा लिम्बुको संयोजकत्वमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, होम आचार्यको संयोजकत्वमा अनेकी संघ (क्रान्तिकारी) लगायतका उप समिति गठन भएको नगर उपाध्यक्ष जेवी जबेगुले जानकारी दिए ।

सोही कार्यक्रमका बिच सयौको संख्यामा अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको नगर उपाध्यक्ष जवेगुले जानकारी दिए ।

उक्त कार्यक्रमको सञ्चालन बिर्तामोड नगर कमिटी सचिव गणेश कालिकोटेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्