Logo

विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्दै



काठमाडौँ, २३ चैत । पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको वस्तु र १० महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेकोमा चालू आर्थिक वर्षको ८ महिनामा अवधिमा ६ महिनाको आसपासमा झरेको स्रोतले जनाएको छ ।

राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने पनि ७ महिनामा विदेशी विनिमय सञ्चिति घटेर ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने अवस्थामा पुगेको देखिन्छ । तीव्र रूपमा विदेशी विनिमय सञ्चिती घट्दै गएपछि राष्ट्र बैंकले केही वस्तुहरूको आयातमा शतप्रतिशत नगद मार्जिन राखेर मात्र प्रतीतपत्र (एलसी) खोल्न सकिने व्यवस्था गरेको थियो । तर, त्यसले मात्र आयात रोक्न नसकेपछि सोमबार राष्ट्र बैंकले मौखिक रुपमा बैंकहरुलाई विलासिताका वस्तुहरू आयात गर्न एलसी जारी नगर्न निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कुनै पनि देशसँग कम्तीमा तीन महिनाको विदेशी विनिमय सञ्चिती रहनुपर्ने बताउँछ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्