Logo

सन्दकपुर गोल्डकप: मोरङको बिजयी सुरुवात



सन्दकपुर, २५ चैत । दोश्रो सन्दकपुर गोल्डकपमा नवप्रतिभा युवा क्लब मोरङले बिजयी सुरुवात गरेको ।

देउराली स्र्पोटिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका-३ को सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा सन्दकपुर स्र्पोटिङ क्लबलाई १-० गोल अन्तरले हराउँदै मोरङले बिजयी सुरुवात गरेको हो ।

मोेरङलाई जित दिलाउन रोजन राईले निर्णायक गोल गरे । खेलको २५ औ मिनेटमा उनले गरेको गोलले मोरङ सेमीफाइनल प्रवेश गरेको छ । निर्णायक गोलकर्ता राई म्यान अफ दि म्याच घोषित भए ।

उनलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले नगद २ हजार र मेडल प्रदान गरे । प्रतियोगिता अन्र्तगत दोश्रो क्वाटरफाइनल खेलमा जनता सेभेन सूर्योदय नगरपालिका इलाम र ज्यामिरगढी फुटबल क्ल्ब झापाबिच शनिबार खेल हुनेछ ।

आगामी बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीको ८ टिमको सहभागिता रहेको छ । विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्