Logo

डिजिटल सिकाइ केन्द्रसम्बन्धी कार्यविधि तयार



काठमाडौँ, २७ चैत । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रदेशस्थित शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि, २०७८ सार्वजनिक गरेको छ ।

केन्द्रले निरन्तर शिक्षक पेसागत विकास र पेसागत सहयोगमार्फत शिक्षकको कार्यदक्षतामा सुधार गरी विद्यार्थीको सिकाइ उपलब्धिमा बढोत्तरी ल्याउनु तथा आपतकालीन अवस्थामा समेत विद्यार्थी सिकाइ निरन्तरतालाई सुनिश्चित गर्ने लक्ष्यका साथ कार्यविधि ल्याइएको जनाएको छ ।

न्यूनत्तम मापदण्ड पूरा भएको भौतिक पूर्वाधारसहितको डिजिटल प्रविधि र उपकरण जडित डिजिटल सिकाई सफ्टवेयर विकास गरिएको तथा विषयगत भर्चुअल ल्याब भएको एवम् श्रव्य तथा श्रव्य–दृश्इ स्टुडियो सहितको सिकाई केन्द्र हुनुपर्नेछ ।

अनलाइन, अफलाइनबाट निरन्तर शिक्षक पेसागत विकास र पेसागत सहयोग उपलब्ध गराउँदै शिक्षक तथा विद्यार्थीहरुलाई विज्ञान, गणित लगायतका विषयहरुमा नमुना परीक्षण अभ्यास गरी सिकाइ अनुभव आर्जन गर्न सकिने विषयगत भर्चुअल ल्याबमा पहुँच अभिवृद्धि गर्नु, तालिम केन्द्रमा भइरहेको आइसीटी ल्याबको सुदृढीकरण गरी दूर शिक्षा तथा खुला सिकाइ कार्यक्रममा शिक्षकहरुको पहुँच सुनिश्चित गरी आपतकालीन अवस्थामा समेत शिक्षक पेसागत विकास र सहयोगलाई निरन्तरता दिने लगायत उद्देश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्