Logo

झापा सुपर लिग: करण केसी बोस्टन ब्लास्टर्सबाट खेल्ने



 


झापा, २९ चैत । झापा सुपर लिग (जेएसएल) मा करण केसी बिर्तामोडको बोस्टन ब्लास्टर्सबाट खेल्ने भएका छन् ।

आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका मुख्य प्रशिक्षक विनित बाँस्तोलाले करण केसी क्लबसँग अनुबन्धित भएको जानकारी दिए ।

बोस्टन ब्लास्टर्स तीन वर्षअघि बिर्तामोडमा स्थापना भएको बोस्टन क्रिकेट एकाडेमीको क्लब हो । बोस्टन ब्लास्टर्सले यसअघि विभिन्न प्रतियोगिताको उपाधि समेत उचालिसकेको क्लबका अध्यक्ष सोबित बाँस्तोलाले बताए ।

बैशाख ३ गतेदेखि काँकरभिट्टामा हुने जेएसएलमा उपाधि जित्ने लक्ष्यसाथ भाग लिने योजना प्रमुख विशाल अग्रवालले जानकारी दिए ।

सुरज खड्काको कप्तानीमा रहेको क्लबले मार्की खेलाडीको रुपमा समिर कार्की र आइकोनिक खेलाडीका रुपमा मिनास थापालाई भित्र्याएको छ ।

त्यस्तै अन्य खेलाडीहरुमा नविन पाठक, विदान गोश्वामी, राहुल पाठक, सरोज श्रेष्ठ, अभि योङहाङ लिम्बू, अमन गोयल, अर्बिन क्षेत्री, वसन्त सिर्जन कोइराला, विवेक चिमरिया, विपिन कार्की, दिपु भूजेल, सिद्धार्थ कुमाल र सुनिल आचार्य रहेका छन् ।

झापा सुपर लिगमा बोस्टन ब्लास्टर्ससहित पाँच टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्