Logo

श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार



श्रीलङ्का, १ बैशाख । श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार भएको छ ।

प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

उनले प्रदर्शनकारीलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

श्रीलङ्कामा चुलिएको आर्थिक सङ्कट तत्काल समाधान गर्न माग गर्दै निरन्तर प्रदर्शन हुँदै आएको छ । अभाव र महँगीविरुद्ध नागरिक सडकमा उत्रिएका छन् । आर्थिक सङ्कट चुलिँदै गएपछि श्रीलङ्कामा इन्धन, खाद्यान्न र औषधिसहित अत्यावश्यक वस्तु तथा सेवाको अभाव बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्