Logo

युनाइटेडको जितमा रोनाल्डोको ह्याट्रिक



बेलायत, ४ वैशाख । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई हराएको छ ।

घरेलु मैदान ओल्ड टार्फोडमा भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ३-२ गोलले हराएको हो ।

म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोले खेलको सातौँ, ३२औँ र ७६औँ मिनेटमा गोल गरे । रोनाल्डोको यो करियरको ६० औँ ह्याट्रिक पनि हो । नर्विचका केइरन डोवेला र टिमु पुकीले एक-एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्