Logo

निलम्बनको कारवाही गैरकानूनी भन्दै गभर्नर अधिकारी सर्वोच्चमा



काठमाडौँ, ४ वैशाख । सरकारले आफूमाथि गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत गएका छन् ।

गभर्नर अधिकारीको रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ । आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले जाँचबुझ आयोग गठन गरेको तथा आयोगमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरु राखेको भन्दै सो प्रक्रिया नै खारेजीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्