Logo

त्रिविमा तीन महिनादेखि तालाबन्दी



काठमाडौँ, ६ वैशाख । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको मंगलबार तीन महिना पूरा भएको छ ।

सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन । तर, ती कार्यालयको काम भने रोकिएको छैन ।

तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू तलब नखाईकन घरमै बसेका थिए । तालाबन्दी लम्बिँदै गएपछि पदाधिकारीको निर्देशनमा सबै कर्मचारीले चोर बाटो प्रयोग गरेर काम गर्न थालेका हुन्। एक कर्मचारीले सोमबार भने ‘मूल गेटमा तालाबन्दी भएर के गर्नु? हामी त पछाडिको ढोका प्रयोग गरेर काम गरिरहेका छौँ ।’ आजको समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्